काठमाण्डु २७ भदौ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)बारे कुनै गुनासो भए जानकारी गराउन आग्रह गरेकी छन ।
आज बिहीबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै मन्त्री भट्टराईले गुनासो भए तत्काल जानकारी दिन अपिल गरेकी छन । सीटीईभीटीसँग सम्बन्धित सम्बन्धन, परीक्षा प्रमाणपत्र लगायतका काममा कार्यालयका प्रमुख, निर्देशक र कर्मचारीले अनावश्यक दबाब दिएको गुनासो आउने गरेको उनले बताएकी छन ।
त्यस्तै काममा ढिलाइ गरेको र लेनदेनसमेत गर्ने गरेको गुनासा आएको भन्दै यदि कोहीकसैबाट यस्तो भएको भए स–प्रमाण मन्त्रालयमा जानकारी गराउन अनुरोध गरेकी हुन् । उनले आफ्नो सचिवालयको इमेल ठेगाना ([email protected] ) वा सिधै फोन नम्बर ९८४१५४९४२८, ९८४६२६१५३९, ९८५१३६२८४४, ९८५१३५९७८१ मा फोन गरेर जानकारी समेत आग्रह गरेकी हुन् ।