त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खादा मालामा कडाइ

काठमाण्डु टुडे २०८१ भदौ २७ गते १८:३० मा प्रकाशित

काठमाण्डु २७ भदौ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खादा माला प्रयोगमा कडाइ गर्ने तयारी गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले बिहीबार अपिल जारी गर्दै विमानस्थलस्थित आन्तरिक तथा अन्तर्राष्ट्रिय टर्मिनल भवन प्रवेश गर्दा विदाईस्वरुप साथमा लगाइने खादाका कारण सुरक्षा जाँचमा असर परेको भन्दै खादा माला प्रयोगमा कडाइ गर्ने तयारी गरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us