इन्जिनियर एशोसियसनको निर्वाचनमा छानी छानी यूवाहरुलाई मतदान गर्नुस: उपाध्यक्ष मैनाली

काठमाण्डु टुडे २०८१ भदौ २७ गते १७:१० मा प्रकाशित

काठमाण्डु २७ भदौ– नेकपा माओवादी केन्द्र सम्बद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का उपाध्यक्ष जीपी मैनालीले नेपाल इन्जिनियर्स एशोसियसनको निर्वाचनमा यूवाहरुलाई मतदान गर्न आग्रह गरेका छन ।

प्राबिधिक बिशेष शिक्षा समितिको तेस्रो सम्मेलनलाई थापाथली इन्जिनियरिङ क्याम्पसमा बुधवार उद्घाटन गर्दै उपाध्यक्ष मैनालीले यस्तो आग्रह गरेका हुन ।

उपाध्यक्ष मैनालीले इन्जिनियरिङ क्षेत्र भित्र युवालाई निरुत्साहित गर्ने डरलाग्दो सामन्तवादी शैली रहेको आरोप लगाएका छन् । उपाध्यक्ष मैनालीले भने, ‘मुलुकका कैयन क्षेत्रमा सक्षम यूवाहरु शिर्ष नेतृत्वमा पुगेर यूवा क्षमतालाई सावित गरिसक्दा पनि इन्जिनियरिङ क्षेत्रमा यूव उमेदवारले माथील्लो पदमा दावी गर्दा हल्का रुपमा लिने ,उडाउने ट्रेन्ड रहेको छ । यसलाई फेरौं ।

बरु दल नहेर्नुस । ‘हरेक दलका यूवा उमेदवाररुलाई छानी छानी मतदान गर्नुस ।’ जति ठूलो भष्टाचारी , त्यति धेरै पैसा , उति नै धेरै भोटु को परम्परा तोडेर नयाँ किर्तिमान बनाउन पनि इन्जिनियररुलाई मैनालीको सुझाव दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us