रास्वपाको राष्ट्रिय भेलामा करिब १५ सय प्रतिनिधि सहभागी हुने

काठमाण्डु टुडे २०८१ भदौ २७ गते १६:४९ मा प्रकाशित

काठमाण्डु २७ भदौ– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय भेलामा करिब १५ सय प्रतिनिधि सहभागी हुने जनाएको छ । रास्वपाले पहिलो राष्ट्रिय भेला १ २ असोजमा काठमाण्डुमा गर्दै छ ।

राष्ट्रिय भेलाको तयारी बारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले १५ सय हारहारी प्रतिनिधि उपस्थित हुने जानकारी दिएका छन ।

उनले भने ‘राष्ट्रिय भेलामा करिब १५ प्रतिनिधि आउने तयारी छ । प्रतिनिधिहरुको चाप छ ।’ रास्वपाले राष्ट्रिय भेलाको तयारीको लागि १५ वटा उपसमिति गठन समेत गरेको थियो ।

राजनीतिक प्रतिवेदन सभापति रवि लामिछानेले प्रस्तुत गर्ने तयारी छ । बुर्लाकोटीले पत्रकार सम्मेलनमा भने , ‘यो दुई वर्षको अवधिमा रास्वपाले भोगेका कुरा र अब अघि कसरी जाने कुराहरु समेटेर राजनीति प्रतिवेदन आउँछ’ ।

साथै, सांगठनिक, संसदीय मुल्य मान्यता, लिडरसीप एकेडेमी, सातै प्रदेशका सभापतिको प्रतिवेदन लगायत पेश हुने उनले जानकारी दिएका छन । रास्वपा राष्ट्रिय भेलामा नीति दस्तावेज थप विस्तारित रुपमा ल्याउने भएको छ ।

राष्ट्रिय भेलाले महाधिवेशनको मितिले पनि घोषणा रास्वपाले जानकारी गराएको छ । राष्ट्रिय भेलाबाट अभियानहरु घोषणा गरिने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us