युक्रेनी सेनाको कमाल, रुसको भूमिमा घुसेर आक्रमण

काठमाण्डु टुडे २०८१ साउन ३१ गते ९:३४ मा प्रकाशित

एजेन्सी– युक्रेनी सेना रुसको भूमिमा प्रवेश गरेर आक्रमण सुरु गरेका छन् । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जलेन्स्कीले आफ्ना सेना रुसको कुर्स्क क्षेत्रमा प्रवेश गरेको जानकारी दिएका छन ।

उनले बुधबार बेलुकी सामाजिक सन्जाल मार्फत यस्तो जमनकारी दिएका हुन । उनले सामाजिक सन्जाल लेखेका छन्, ‘युक्रेनी सेना रुसको कुर्स्क क्षेत्रमा विभिन्न दिशाबाट एकदेखि दुई किलोमिटर अगाडिसम्म घुसेको छ ।’

सामाजिक सञ्जाल एक्स मा राष्ट्रपति जेलेन्स्कीले फोटो र भिडियोहरु पनि पोष्ट गरेका छन् । एउटा भिडियोमा जेलेन्स्कीले सेनाका शीर्ष कमाण्डर ओलेकजेन्ड्र सिरस्कीसँग कुरा गरिरहेको पनि देखिन्छ ।

सो भिडियोमा युक्रेनका कमाण्डर सिरस्कीले रुसको भूमिमा आक्रमण गर्ने क्रममा १०० जना रुसी सेनालाई नियन्त्रणमा लिइएको बताइएको छ । यसबाट युक्रेनी सेनालाई रुसी सेनाको नियन्त्रणबाट मुक्त गराउन सकिने उनले विश्वास पनि व्यक्त गरेका छन् ।

यद्यपि युक्रेनी सेनाले रुसको भूमि कति कब्जा गर्यो भन्ने अझै एकिन हुन नसकेको अन्तराष्ट्रिय समाचार माध्यम बीबीसीले जानकारी दिएको छ । दुई दिन अघि रुसले युक्रेनी सेना आफ्नो भूमि कुर्स्क प्रान्तमा घुसेको स्वीकार गरेको थियो । हाल रुसका केही बस्तीहरुमा युक्रेनले कब्जा गर्न सफल भएको बीबीसीले जनाएको छ ।

‘युक्रेनी सेनाको समन्वयको कमाल’

युक्रेनका सेनाबीच अहिले बेजोड समन्वय रहेको बीबीसीले जनाएको छ । त्यही समन्वयको कमाल अनुसार युक्रेनी सेना रुसमा घुसेर आक्रमण गर्न सुफल भएको हो ।

बेलायतका एक सैनिक अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा बीबीसीसँग भनेका छन्, ‘यो आक्रमणको सबैभन्दा चाखलाग्दो कुरा के हो भने युक्रेनी सेनाका अलग–अलग अंगबीच बेजोड समन्वय छ ।

पैदल फौजको साथसाथै हवाई सुरक्षा, इलेक्टोकि वारफेयर र तोपखानाले पनि यो अपरेसनमा भाग लिएका छन् । युक्रेनका लागि यो आफैंमा ठूलो उपलब्धि हो ।’

युक्रेनले पश्चिमा देशहरुबाट प्राप्त अत्याधुनिक हतियार पनि प्रयोग गरिरहेको अधिकारीहरुले बताएका छन । ती हतियारहरुमा जर्मनी मोर्डर र अन्य बख्तरबन्ध बाहन समावेश छन् । विगतका वर्षहरुको तुलनामा युक्रेनी सेनाले यस वर्ष यस्ता अत्याधुनिक हतियारहरुको राम्रोसँग प्रयोग गर्दै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us