
काठमाण्डु, ७ जेठ– आज सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी कांग्रेसले संसद अवरुद्ध गरेको छ ।
कांग्रेस सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी जारी राखेका छन । प्रतिनिधिसभाको बैठक सुरु भएपछि कांग्रेस सांसदहरु आआफ्नो स्थानमा उठेका थिए ।
उनीहरुले आफूहरुले दलको तर्फबाट बोल्न पाउनुपर्ने बताएका थिए । तर सभामुखले नियमित कार्यसूचीमा लैजान खोजेपछि कांग्रेस सांसदहरु वेलमा आएर नाराबाजी गरेका हुन् । कांग्रेसको अवरोधपछि प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागी स्थगित भएको छ ।