एजेन्सी– विश्व प्रसिद्ध मोबाइल कम्पनि एप्पलले आइफोन १६ सार्वजनिक हुने मिति नजिकिँदै गर्दा आइफोन १७ मा हुने केही फिचिरहरू सार्वजनिक गरेको छ । अन्तर्राष्ट्रिय टेक वेबसाइट द इन्फर्मेसनका अनुसार एप्पलले आइफोन १७ को लागि विशेष योजनाहरू बनाइरहेको छ ।
कम्पनीले आइफोन १७ को बाहिरी डिजाइसँगै भित्री विशेषताहरू समेत परिवर्तन र परिमार्जन गर्ने तयारी एप्पलको तयारी रहेको छ । एप्पलले आइफोन १७ पातलो डिजाइनमा बनाउँदैछ। यो अल्मुनियम चेसिसको हुने बताइएको छ भने अगाडिको क्यामेरा र सेन्सरहरूको लागि सानो प्वाल र चक्की आकारको डिजाइन समावेश गर्ने । द इन्फर्मेसनमा सम्प्रेषित जानकारी उल्लेख गरीएको छ ।
एप्पल १७ मा क्यामेराको गुणस्तरमा पनि विशेष सुधार गरिने बताइएको छ । यसमा एप्पलको ए १९ प्रसेसर हुने उल्लेख गरिएको छ । फोनको स्क्रिन ६.१ इन्चदेखि ६.७ इन्चबीच रहने अनुमान रहेकाने छ । यद्यपी कम्पनीले नयाँ मोडलहरूको स्क्रिन सानो राख्ने योजना बनाइरहेको जानकारीहरू केही समय अघिदेखिनै सार्वजनिक भइरहेका छन् ।
त्यस्तै, एप्पल १७ को भेरियन्टहरूमा पछाडिपट्टी हुने क्यामेराहरू स्थानान्तरण गर्ने सम्भावना रहेको देखिन्छ। यसको क्यामेराहरू पछाडिको प्यानलको माथिल्लो–बायाँ कुनाबाटबीचमा स्थानान्तरण हुने अनुमान छ ।
द इन्फर्मेसनका अनुसार आइफोन १७ ले नयाँ भेरियन्टहरू सार्वजनिक गर्दा आइफोन प्रो म्याक्सभन्दा माथिल्लोरउच्च श्रेणी पनि गर्ने अनुमान छ ।