सभामुखले गृहमन्त्रीलाई समय दिए, कांग्रेस सांसदहरूले रोके

काठमाण्डु टुडे २०८१ वैशाख २८ गते १८:१० मा प्रकाशित

काठमाण्डु, २८ वैशाख– आज बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा पनि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नाराबाजी गरेको छ ।

बैठक सुरु भएलगत्तै कांग्रेस सांसदहरू वेल घेराउ गर्न पुगेका थिए । कांग्रेस सांसदहरूको नाराबाजीबीच सभामुख देवराज घिमिरले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई समय दिए ।

रोष्टममा जान अगाडि बढेका उनलाई कांग्रेस सांसदहरूले रोकेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us