कोशीको विवादमा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाण्डु टुडे २०८१ वैशाख २८ गते १७:२७ मा प्रकाशित

काठमाण्डु, २८ वैशाख– कोशी प्रदेशको विवादमा सर्वोच्च अदालतले जेठ ९ गते सुनुवाईको मिति तोक्दै ५ बुँदे आदेश जारी गरेको छ ।

आज (शुक्रबार) न्यायाधीश हरिप्रसाद फुयालको इजलासले दुबै पक्षलाई छलफलमा बोलाउँदै यस्तो आदेश गरेको हो ।

वर्तमान मुख्यमन्त्री केदार कार्कीले आफूलाई हटाउने निर्णय असंवैधानिक भएको भन्दै बिहीबार सर्वोच्चमा रिट दायर गरेका थिए ।

उक्त रिटमा सुनुवाइ गर्दै अन्तरिम आदेश जारी भएन । अन्तरिम आदेश जारी नभएपछि हालका लागि मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई कामकाजमा अवरोध नहुने भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us