सभामुखलाई पनि बोल्न अवरोध: कांग्रेसले रोष्टम घेर्‍यो

काठमाण्डु टुडे २०८१ वैशाख २८ गते १६:४० मा प्रकाशित

काठमाण्डु, २८ वैशाख– आज (शुक्रबार) बसेको प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै रोष्टम घेराउ गरेको छ ।

सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट आएको पत्र वाचन गर्न लाग्दा कांग्रेसले नाराबाजी गर्दै रोष्टम घेराउ गरेको हो ।

कांग्रेसले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै नाराबाजी गरेको छ । सभामुखले १५ मिनेटका लागि बैठक स्थगित भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us