कांग्रेसको अवरोधपछि प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित

काठमाण्डु टुडे २०८१ वैशाख २८ गते १६:३६ मा प्रकाशित

काठमाण्डु, २८ वैशाख– आज (शुक्रबार) बसेको प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

सभामुख देवराज घिमिरेले अधिवेशनको सुरुवात भएको जानकारी गराएर राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रहरू पढेर सुनाउन लागेपछि कांग्रेसका सांसदहरूले उठेर प्रतिनिधि सभाभित्र नाराबाजी गरेका थिए ।

त्यस पछि सभामुख देवराज धिमिरेले प्रतिनिधिसभाको बैठक १५ मिनेटको लागि स्थगित गरीएको जानकारी गराएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us