डोल्पामा यार्सा टिप्न गएका युवाको लेक लागेर मृत्यु

काठमाण्डु टुडे २०८१ वैशाख २८ गते १५:०४ मा प्रकाशित

काठमाण्डु, २८ वैशाख– डोल्पामा यार्सागुम्बा टिप्न गएका जाजरकोटका एक युवाको लेक लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा बारेकोट गाउँपालिका–१ का १९ वर्षीय देवेन्द्र गुरुङ रहेको प्रहरीले जानकारी दिएको छ ।

उनको यार्सागुम्बा खोज्नका लागि पाटन तर्फजाँदै गर्दा से–फोक्सुन्डो गाउँपालिका–५, दुलुङमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी प्रमुख डीएसपी हरिकृष्ण केसीले जानकारी दिएका छन् ।

देवेन्द्रको मंगलबार मृत्यु भए पनि प्रहरीले भने बिहीबार बेलुका मात्रै जानकारी पाएको उनले जानकारी दिएका छन ।

उनले भने, ‘नेटवर्क समस्याले होला हामीले हिजो बेलुका मात्रै जानकारी पायौँ’ डिएसपी केसीले भने, ‘सदरमुकामबाट त्यहाँ पुग्नै दुई दिन लाग्छ । शव लिनका लागि प्रहरी टोली पठाएका छौँ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us