न्यारोबडी जहाजको इन्जिन मर्मतमा भएको ढिलाइबारे छानबिन गर्न समिति गठन

काठमाण्डु टुडे २०८१ वैशाख २८ गते १४:५० मा प्रकाशित

काठमाण्डु, २८ वैशाख–न्यारोबडी जहाज मर्मतमा भएको ढिलाइबारे छानबिन नेपाल एयरलाइन्स व्यवस्थापनले गर्न समिति गठन गरेको छ ।

निगमको ९ एन–एकेएक्स जहाजको इन्जिन मर्मतमा करिब ५ महिनाभन्दा बढी समय लागेको थियो । निगम सञ्चालक समितिको बैठकले सञ्चालक समिति सदस्य सुधिर शमशेर राईको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिएका छन ।

यो समितिलाई निगमको जहाजको इन्जिन इजरायल एरोस्पेस इन्ड्रस्ट्रिजमा मर्मतका लागि पठाएकोमा समयमा नआएको र भाडाको इन्जिन समयमा नदिएको सम्बन्धमा छानबिन र अध्ययन गरी १५ दिनभित्र सिफारिससहितको प्रतिवेदन बुझाउन भनिएको उनले जानकारी दिएका छन ।

सम्झौताको सर्तअनुसार समयमा इन्जिन दिन नसकेको सम्बन्धमा निगमको सीएएम डिपार्टमेन्टबाट क्षतिपूर्ति दाबी गर्ने प्रक्रिया समेत अगाडि बढेको पौडेलले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us