स्रोत नखुलेको ९८ लाखसहित पक्राउ परेका २ जना सुन तस्करीमा संलग्न

काठमाण्डु टुडे २०८१ वैशाख २८ गते १३:२२ मा प्रकाशित

काठमाण्डु, २८ वैशाख– प्रहरीले स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित शुक्रबार बिहान मालीगाउँबाट पक्राउ गरेका २ जना यसअघि सुन तस्करीमा संलग्न भएको खुलेको छ ।

काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहान २८ वर्षीय समीर सुनार र २९ वर्षीय मिलन विकलाई पक्राउ परेको थियो । पक्राउ परेका दुवैजना बुटवलका हुन् ।

दुवैजना यसअघि सुन तस्करीमा पक्राउ परेर छुटेका खुलेको प्रहरीले जानकारी दिएको छ । काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार उनीहरुलाई बा १३ च ४८५८ नम्बरको गाडीमा स्रोत नखुलेको रकमसहित पक्राउ गरिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us