बाटो हिंड्दै गरेका भिक्षुमाथि भद्रकालीमा प्रहरीको लात्ती !

काठमाण्डु टुडे २०८० चैत २५ गते १७:३१ मा प्रकाशित

काठमाण्डु, २५ चैत– काठमाण्डुको भद्रकालीमा प्रहरीले बाटो हिंड्दै गरेका बौद्ध भिक्षुमाथि लात्ती प्रहार गरेको छ। शनिबार राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय क्रान्ति अभियानले गरेको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । सो क्रममा बाटो हिंड्दै गरेका दुई बौद्ध भिक्षुमाथि प्रहरीले दुर्व्यवहार गरेको हो ।

प्रहरीले बौद्ध भिक्षुमाथि लात्ती र लाठ्ठी प्रहार भएको भिडिओ यतीबेला सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडिओ सामाजिक सञ्जालमा पोस्ट गर्दै प्रहरीको आलोचना भइरहेको छ ।

बाटो हिंड्दै गरेका बौद्ध भिक्षुमाथि दुर्व्यवहार भएको विषय सार्वजनिक भएपछि दुर्व्यवहार गर्नेमाथि कारबाही गर्ने तयारी प्रहरीले गरेको छ । प्रदर्शनमा संलग्न नै नभएको भनिएका भिक्षुमाथि आक्रमण भएको विषय सार्वजनिक भएपछि प्रहरीले छानबिन अघि बढाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाण्डुका एसपी तथा प्रवक्ता नवराज अधिकारीले भने, ‘यो विषयमा अहिले छानबिन भइरहेको छ । दोषी देखिएमा कारबाही हुन्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us