विनियोजन विधेयक टुहुरो भयो: स्वर्णिम वाग्ले

काठमाण्डु टुडे २०८० चैत १ गते १६:२८ मा प्रकाशित

काठमाण्डु, १ चैत– रास्वपा सांसद् डा. स्वर्णिम वाग्लेले संसदमा प्रस्तावित विनियोजन विधेयक, २०८१ को सिद्धान्त तथा प्राथमिकता टुहुरो हुन पुगेको दाबी गरेका छन ।

आज बिहीबारदेखि संसदमा जारी विनियोजन विधेयक, २०८१ को सिद्धान्त तथा प्राथमिकता (कर बाहेक) को छलफलमा बोल्दै सांसद् वाग्लेले यस्तो बताएका हुन ।

उनले सांसद्हरुको माग र सरकारको अग्रसरतामा यसअघिको प्रवृत्ति करेक्सन गर्दै अध्यादेशमार्फत भए पनि विनियोजन विधेयकसम्बन्धी व्यवस्था परिमार्जन गरी बजेटको सिद्धान्त तथा प्राथमिकता तीन महिना अघि नै छलफलका लागि संसद्ले पाउनु खुसीको कुरा भए पनि विनियोजन विधेयकले नयाँ प्रणालीको विकास गर्न नसक्दा दुःख लागेको बताएका छन ।

विनियोजन विधेयकले आर्थिक सुधार, विकास गतिविधिलाई प्रभावकारी र जिम्मेवार बन्ने गरी लक्ष्य लिने कुनै गुन्जायस नदेखिएको उनले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us