मुलुक आर्थिक मन्दीमा गएको पूर्वअर्थमन्त्री पौडेलको दाबी

काठमाण्डु टुडे २०८० चैत १ गते १५:५७ मा प्रकाशित

काठमाण्डु, १ चैत– एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले मुलुक आर्थिक मन्दीमा गएको बताएका छन । उनले लगातार दुई आर्थिक वर्ष बजेट घाटामा जानु भनेको आर्थिक मन्दीमा जानु भएपनि तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतले सो स्वीकार गर्न नसकेको पनि बताएका छन ।

आज बिहीबारदेखि जारी विनियोजन विधेयक, २०८१ को सिद्धान्त तथा प्राथमिकता (कर बाहेक) माथिको छलफलमा बोल्दै पूर्वअर्थमन्त्री पौडेलले यस्तो बताएका हुन ।

उनले अर्धवार्षिक समीक्षाबाट खर्चको लक्ष्य घटाउनुपर्ने बाध्यतालाई समेत तत्कालीन अर्थमन्त्री डा. महतले बुझ्न नसकेको दाबी गरेका छन ।

किसानले ६ अर्बको भुक्तानी पाउन नसकेको, निर्माण व्यवसायीहरूको अर्बौको भुक्तानी रोकिएको तर ऋण खोजेर नियमित खर्च चलाउनु परिरहेको अवस्थालाई समेत पूर्वअर्थमन्त्री डा.महतले नजरअन्दाज गरेको आरोप लगाएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us