मूल्यवृद्धि ५ प्रतिशतमा झर्‍यो

काठमाण्डु टुडे २०८० फागुन २७ गते १५:३७ मा प्रकाशित

काठमाण्ड, २७ फगुन– माघ महिनामा उपभोक्ता मूल्यवृद्धि ५.०१ प्रतिशतमा झरेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्मको वित्तीय स्थिति रिपोर्टअनुसार उपभोक्ता मूल्यवृद्धि खुम्चिएको उल्लेख गरीएको छ । गत वर्षको माघ महिनामा उपभोक्ता मूल्यवृद्धि ७।८८ प्रतिशत रहेको थिया । गत वर्षको माघ महिनामा तुलनामा यो २.८७ प्रतिशत कम हो ।

पेय पदार्थ समूहको मूल्यवृद्धि ६.५१ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि ३. ८५ प्रतिशत रहेको विवरणमा उल्लेख गरीएको छ । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकाङ्‍क ३२.११ प्रतिशत, दाल तथा गेडागुडीको ११.१५ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १०.७८ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.०६ प्रतिशत र तरकारीको ७.५८ प्रतिशतले बढेको छ भने घ्यू तथा तेल उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकाङ्‍क १२. ३३ प्रतिशतले घटेको उल्लेख गरीएको छ ।

समीक्षा महिनामा गैर–खाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकाङ्‍क १२.६१ प्रतिशत, विविध वस्तु तथा सेवाहरुको ९.१५ प्रतिशत र शिक्षाको ७.३१ प्रतिशतले बढेको छ भने यातायात उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकाङ्‍क १.४१ प्रतिशतले घटेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us