

मकवानपुर, ३ मंसिर– मकवानपुरमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
ना७ ख १८१६ नम्बरको ट्रकले आइतबार दिउँसो कान्ती लोकपथअन्तर्गत हेटौंडा उपमहानगरपालिका–६ शान्तिटोलमा ठक्कर दिँदा स्थानीय ३८ वर्षीया निरा बजगाईंको मृत्यु भएको हो ।
सिमेन्ट लोड गरेको तीव्र गतिको ट्रकले ठक्कर दिँदा बजगाईंको घटनास्थलमै ज्यान गएको मकवानपुर प्रहरीकी डिएसपी लक्ष्मी भण्डारीले बताइन् । प्रहरीले ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ ।