

काठमाण्डु,२ मंसिर– सिन्धुली कारागार कार्यालयमा एक कैदी बन्दीको मृत्यु भएको छ । हिजो कारागारमै तिहार मनाएर देउसी खेलिसेकपछि खाना खाएर सुतेका विमल आज बिहान ३ बजे बेहोस अवस्थामा फेला परेका सिन्धुलीका डिएसपी चिरञ्जीवी दाहाल जानारी दिएका छन ।
मृत्यु हुनेमा सिन्धुलीको दुधौली नगरपालिका–१० का ३० वर्षीय विमल थापा छन्। उनलाई तत्काल उपचारका लागि सिन्धुली जिल्ला अस्पताल लगिएकोमा चिकित्सकले मृत्यु भएको घोषणा गरेका डिएसपी दाहालले जानकारी दिएका छन ।
विमल सवारी ज्यान मुद्दामा पुर्पक्षका लागि असोज १७ गतेदेखि थुनामा थिए।उनको मृत्युको कारण खुलेको छैन। कारागारमा झगडा भएको भन्ने रिपोर्ट पनि नआएको र बुधबार उनी सकुशल नै सुतेको डिएसपी दाहालले जानकारी दिए । विमलको शव पोष्टमर्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।