दुर्गा प्रसाईंको कार्यक्रमले काठमाण्डु फोहोर मात्र हुन्छ: केपी ओली

काठमाण्डु टुडे २०८० मंसिर २ गते १५:४२ मा प्रकाशित

काठमाण्डु,२ मंसिर– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले दुर्गा प्रसाईंको नेतृत्वमा ७ मंसिरमा हुन लागेको प्रदर्शनले काठमाण्डुमा फोहोर मात्र पार्ने बताए ।

आज (शनिबार) एमाले मुख्यालय च्यासलमा पार्टीको जनसंगठन समन्वय संयन्त्रको कार्यक्रममा उनले यस्तो बताएका हुन । उनले दुर्गा प्रसाईंको नाम नलिई कसैकसै व्यक्तिलाई उभ्याएर प्रतिक्रिया वादी शक्तिहरु देशभरबाट मान्छे उतार्न लागेको पनि बताएका छन ।

उनले भने, ‘एउटा कसै कसै व्यक्तिलाई उभ्याएर प्रतिक्रियावादी शक्तिहरु जोडतोडले लागेका छन् देशभरिबाट काठमाडौंमा मानिसहरु उतार्न, ती मानिसहरु आएर काठमाण्डुमा कुनै केही हुने होइन, काठमाडौं फोहोर मात्र हुने हो’ ।

एमालेका युवा विद्यार्थीले पनि त्यस दिन काठमाडौंमा प्रदर्शन कार्यक्रम राखेको छ । आफूहरुले सरकारले ठीक ढंगले काम गर्न सकेन भनेर सांकेतिक विरोध मात्र गर्न खोजेको उनले बताएका छन ।

उनले भने, ‘हामी मान्छे ओसारेर होइन, यहीँ भएका युवा विद्यार्थी र त्यसको पृष्ठभागमा युवा विद्यार्थी एक्लै छैनन् भन्ने देखाउन चाहन्छौं, हामीले थोरै संकेत मात्र गर्न खोजेको हो’।देशमा अनियमितता र बेथितीले सीमा नाघेको भन्दै एमाले अध्यक्ष ओलीले सरकार तत्काल सच्चिनलाई खबरदारी गर्न खोजेको बताए ।

‘प्रधानमन्त्रीजीले बोलाएको १२ बुँदे सहमतिसँग सम्बन्धित भनिएका दलको बैठमकमा बेथती आदि कुरा प्रधानमन्त्रीले स्वीकार्नुभयो, देशको अप्ठेरो अवस्थाबारे स्वीकार्नुभयो ।

तर के गर्ने भन्ने कुरामा केही भएन’, उनले भने । प्रसाई पूर्व एमाल केन्द्रिय सदस्य समेत हुन । पछिल्लो समायमा राजतन्त्र ल्याउने अभियानमा सहभागी भएको भन्दै एमालेको कारबाही गरेपछि एमाले परित्याग गरेका उनले पछिल्लो समय एमालेको विरोध गरिरहेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us