बल्खुमा पुरुष मृत फेला

काठमाण्डु टुडे २०८० कार्तिक २७ गते ११:२२ मा प्रकाशित

काठमाण्डु, २७ कात्तिक– काठमाण्डु महानगरपालिका–१४ बल्खुमा एक पुरुष मृत फेला परेका छन् ।

मोरङ पथरी शनिश्चरे नगरपालिका–१ का ४५ वर्षीय गोकुल खड्का सोमबार मृत भेटिएका प्रहरीले जनाएको छ । खड्का बल्खुस्थित सुकुम्वासी बस्तीमा बस्दै आएका थिए ।

काठमाण्डु प्रहरी परिसर टेकुका एसपी कुमोध ढुंगेलले घटनाबारे अनुसन्धान अघि बढाइएको जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us