

काठमाण्डु,२६ कातिक– एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले देशको अवस्था झन् बिग्रिँदै गइरहेको अवस्थामा एमालेले टुलुटुलु हेरेर बस्न नसक्ने बताएकी छन ।
उनले संघीयता र गणतन्त्रको रक्षाको लागि सबै एकजुट हुनुपर्ने बताएकी छन । उनले संघीयता र गणतन्त्रको रक्षाको लागि राजनीतिक कोर्स परिवर्तन आवश्यक रहेको बताएकी छन ।
उनले भनीन्, ‘हामीले त देशको स्थितिलाई नै ख्याल गरेर यसरी चल्दैन भनेर राजनीतिक कोर्स परिवर्तनको प्रयास गरेको थियौं ।
अहिले एमालेलाई अलग राखेर भागवण्डा र कुर्सीमा केन्द्रित छन् । सत्तामा पुगेकाहरुले स्वार्थ हेर्नेभन्दा अरु कुनै काम गरेका छैनन्।’
उनले भने, ‘देशको अवस्था बिग्रिँदै जाँदा एमालेले टुलुटुलु हेरेर बस्दैन। सत्ता परिवर्तनको खेलमा नयाँ ढंगले जानुपर्छ भन्ने सोचेर कांग्रेससँग पनि कुरा गरेका हौं।
कोशी सरकार गठनपछि हामीले केही प्रयास गरेका थियौं। सकेनौं । अहिले हाम्रो ध्यान त्यतातर्फ छैन ।’