भारतीय अर्बपति मुकेश अम्बानीलाई ज्यान मार्ने धम्की

काठमाण्डु टुडे २०८० कार्तिक ११ गते १४:५६ मा प्रकाशित

एजेन्सी– भारतका अर्बपति मुकेश अम्बानीलाई ज्यान मार्ने धम्की आएको छ ।

बीबीसीका अनुसार अम्बानीसँग एक अपरिचितले इमेलमार्फत रकम माग गरेर नदिए ज्यान मार्ने धम्की दिइएको हो ।

शादाब खान नाम गरेका व्यक्तिले इमेलमार्फत अम्बानीसँग २० करोड रुपैयाँ माग गरिएको मुम्बई प्रहरीेले जनाएको छ ।

इमेलकर्ताले आफूसँग भारतका नम्बर वान सुटर रहेको भन्दै मागेजति रकम नदिए ज्यान लिने उल्लेख छ । यसअघि पनि अम्बानीलाई ज्यान मार्ने धम्की आउने गरेको थियो ।

अघिल्लो वर्ष अम्बानी र उनका परिवारको सदस्यलाई बलमे उडाइदिने धम्की दिने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको थियो ।

दुई वर्षअघि अम्बानी निवास नजिकैबाट विस्फोटक पदार्थ लादिएको गाडी प्रहरीले नियन्त्रणमा लिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us