
काठमाण्डु, १६ असोज– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बझाङ भूकम्पबाट प्रभावितलाई राहत र उद्धार उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा समय लिएर बोल्दै रास्वपा सचेतक निशा डाँगीले भूकम्प प्रभावितको उद्धार गर्न र राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराइ् ।
बझाङमा मंगलबार दिउँसो दुईपटक ५.३ र ६)३ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पका कारण सदरमुकामा चैनपुरका केही पक्की घरसमेत भत्किएका छन् ।
यस्तै केही स्थानमा विद्यालय भवनहरु भत्किएको खबरहरु आइहरेका प्रहरीले जनाएको छ ।