
बागलुङ, १३ असोज– बागलुङबाट पोखराका लागि छुटेको जिप तीन जना मानियसहित बाढीले बगाएको छ । पर्वतको कुश्मानगरपालिका–७ मा तमादी खोलाको बाढीले शनिबार साँझ ७ बजेतिर यात्रुसहित जिप बगाएको प्रहरीले जनाएको छ ।
ग १ च ६२१३ नम्बरको जिप बाढीले बगाएको पर्वत प्रहरी प्रमुख डिएसपी खुमलाल भुषालले बताए । बगाएकामध्ये एक यात्रुबागलुङबाटै आएको र बाँकी दुई जना बीच बाटोबाट चढेका थिए । चालकलाई भने प्रहरीले जिवितै उद्धार गरेको थियो ।
खोलामा जिप फसेपछि चालक झरेर टायरमा ओट लगाउन खोज्दा बाढीले जिप बगाएको हो ।