पुराना दलप्रति वितृष्णा बढेकाले हाम्रो उदय भएको होः लामिछाने

काठमाण्डु टुडे २०८० असोज १३ गते १८:३३ मा प्रकाशित

काठमाण्डु, १३ असोज– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले ०८४ सालमा हुने आमनिर्वाचले कि आफ्नो दल कि भ्रष्ट सकिने बताएका छन् ।

दाङको घोराहीमा शनिबार आयोजित पार्टी नगर अधिवेशनलाई सम्बोधन गर्दै लामिछानेले त्यस्तो बताएका हुन् । ‘०८४ सालको को निर्वाचनमा कि हामी सकिन्छौं कि ठूला भनिएका भ्रष्ट दलहरूको राजनीतिक सटर बन्द हुने छ’, उनले भने ।

आमजनतामा ठूला दलहरूप्रतिको वितृष्णा बढेका कारण आफूहरूको राजनीतिमा भएको उनको स्वीकारोक्ति थियो । जनताले आफूहरुले साथ दिएको उनले बताए ।

लामिछानेले ०८४ मा आफूहरुको जमानत जफत हुने गरी जनताको पक्षमा काम गर्न ठूला दललाई आग्रह गरे । जनताको पक्षमा काम नगरी ठूला दलले आफ्नो पार्टीलाई गाली गरेर समय बिताएको उनले टिप्पणी गरे ।

‘हाम्रो पार्टीको बारेमा चिन्तन लिनुपर्दैन’, उनले भने, ‘जनताको चिन्ता लिनुस् र उनीहरुका पक्षमा गर्नुस् ।’ फरक प्रसंगमा उनले सरकारले भ्रष्टाचारको फाइल नखोली केही पाना पल्टाउने र बन्द गर्ने गरेको आरोप लगाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us