
काठमाण्डु, १० असोज– काँग्रेस संखुवासभा सभापति दीपक खड्काले राजीनामा दिएका छन् ।
आफू प्रतिनिधिसभा सदस्यसमेत भएकाले धेरै समय काठमाण्डुमा दिनुपर्ने भएकाले पार्टी संकगठनको काममा समय दिन नपाएका कारण राजीनामा दिनुपरेको दाबी उनले गरेका छन् ।
खड्काले योग्य व्यक्तिलाई जिम्मेवारी दिन पार्टी नेतृत्वसमक्ष आग्रह गरेका छन् । उनले बुधबार केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत सभापति शेरबहादुर देउवालाई राजीनामा पत्र बुझाए ।
खड्का २०७८ असोजमा सम्पन्न १४औं जिल्ला अधिवेशनमा सभापति निर्वाचित भएका थिए ।
५५ वर्षसम्म कम्युनिष्टहरुको पूर्वको लालकिल्लाका रुपमा रहेका संखुवासभामा आफूले ०७० र ०७९ को निर्वाचनमा जितेर काँग्रेसको विजयको झण्डा हल्लाउन सफल भएको बताएका छन् ।