
काठमाण्डु, ८ असोज– नेपाल र मित्रराष्ट्र चीनबीच १३ बुँदे सम्झौतामा हस्ताक्षर भएको छ ।
चीनको राजधानी बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी ली छ्याङको उपस्थितिमा उक्त सम्झौता भएको हो ।
प्रधानमन्त्रीको निजी सचिवालयले बीआरआई कार्यान्वयन अन्तर्गत विद्युत्, सडक पूर्वाधार, कृषि लगायतका १३ वटा विषयमा नेपाल र चीनबीच सम्झौता भएको जनाएको छ ।