अगेनामा जलेर बालकको मृत्यु

काठमाण्डु टुडे २०८० असोज १ गते १५:५६ मा प्रकाशित

सिन्धुली, १ असोज– सिन्धुलीको मरिण गाउँपालिका–३ वरुणमा आगोमा जलेर एक बालकको मृत्यु भएको छ ।

दूधराज मोक्तानका छोरा ३ वर्षीय मनिषको अगेनाको जलेर मृत्यु भएको हो । सिन्धुली प्रहरीका प्रवक्ता डिएसपी चिरञ्जीवि दाहालले बालकलाई झोलुंगोमा सुताएर परिवारका सदस्य खेतमा काम गर्न गएका बेला घटना भएको हो ।

बालकको टाउको र शरीरको पछाडिको भाग जलेको अवस्थामा भेटिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us