
ताप्लेजुङ, ३१ भदौ– ताप्लेजुङमा एक शिक्षकले आफ्नै छात्रा बलात्कार गरेका छन् ।
सिदिङ्वा गाउँपालिका‐६ मेहेलेस्थित निलगिरि माध्यमिक विद्यालयका शिक्षक लक्ष्मीप्रसाद साहलाई बलात्कार अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।
सप्तरी महादेव गाउँपालिका‐२ का साह विगत दुई वर्षदेखि सो विद्यालयमा कार्यरत थिए । साहले कक्षा ९ मा ध्ययनरत १३ वर्षीया छात्रामाथि बलात्कार गरेको प्रहरीले जनाएको छ ।
ताप्लेजुङ प्रहरी प्रमुख डिएसपी राजन लिम्बूले अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको जानकारी दिए ।