
काठमाण्डु, २३ भदौ– नेपाली कांग्रेसका नेता एवं कोशी प्रदेशसभा सदस्य खगेनसिंह हाङगामले नेपला प्रहरीका बहालवाला डिएसपीलाई हत्या गर्ने धम्की दिएका छन् ।
उनले जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डिएसपी राजन लिम्बूसहित उनका परिवारका सदस्यको हत्या गर्ने धम्की दिएका हुन् ।
ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा शुक्रबार प्रहरीविरुद्ध निकालिएको जुलुसको नेतृत्व गरेका उनले खुलेआम हिंसात्मक अभिव्यक्ति दिएका हुन् ।
बिहीबार राति मादक पदार्थ सेवन गरेका काँग्रेस कार्यकर्तालाई सम्झाउन खोज्दा प्रहरीमाथिग आक्रमण र हतियार खोस्ने प्रयास भएको थियो । प्रहरीले सो समूहको पिछा गर्ने क्रममा हतियारसहितको उक्त समूह हाङगामको घरभित्र पसेको थियो । प्रहरीले उनीहरुलाई पक्राउ गर्न खोज्दा हाङगामले आफ्ना पाहुनालाई नछुन प्रहरीलाई दबाब दिए ।
दुई पक्षबीच ठेलाठेल भएको थियो । त्यही घटनालाई उनले प्रहीले आफ्नो घरमा गएर दुव्र्यवहार र कुटपिट गर्नुका साथै पेस्तोल देखाएर मार्ने धम्की दिएको आरोप लगाएका छन् । प्रहरीले भने उनको आरोप अस्वीकार गरेको छ ।
हाङगामले कुनै पनि बेला काँग्रेसको नेतृत्वमा सरकार बन्ने र त्यतिबेला डिएसपी लिम्बूको बर्दी खोल्ने धम्की सभामा दिए । उनले लिम्बुका बाबुआमा र छोराछोरी समेत पत्ता लगाएर मार्ने धम्की दिए । ‘तेरो बर्दी खोल्न पनि हामी तयार छौं । अबको कुनै बेला पनि सरकार नेपाली कांग्रेसको नेतृत्वमा भयो भने कहाँ बस्छस ? कहाँ लुक्छस ? के खान्छस रु कस्तो लुगा लाउँछस् रु तेरो तेरो बाउआमा कहाँ छ रु तेरो छोराछोरी कहाँ छ रु त्यो पनि पत्ता लाएर हामी मार्छौं’, हाङगामले भने, ‘पानीमुनी लुकोस् कि पानीमाथि, खबरदार सक्छस् भने यहीँ आइज । लड्न आइजो, यहीँ आइजो । म लुगा खोल्न तयार छु तँसँग आइज । यहाँ आइज, खेल्न सक्छस् भने आइज । तेरो पेस्तोल लिएर आउँछस् कि बर्दी खोलेर आउँछस् ? तँलाई म तीस सेकेण्ड राख्दिनँ बाँकी ।’