राष्ट्रिय सहमतिको सर्वदलीय सरकार गठन गरौंः मन्त्री किराँती

काठमाण्डु टुडे २०८० भदौ २३ गते ८:३० मा प्रकाशित

काठमाण्डु, २३ भदौ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय सहमतिको सरकार गठन हुनुपर्ने बताएका छन् ।

पर्यटन यातायत व्यावसायी सङ्घको २०औँ साधरणसभालाई सम्बोधन गर्दै शुक्रबार मन्त्री किरातीले अहिलेको परिस्थितिको सामना गरेर अघि बढ्न वर्तमान प्रधानमन्त्री नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गरिनुपर्ने बताए ।

उनले मुलुकमा व्याप्त भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवर्द्धनका साथै देशलाई आर्थिक समृद्धितर्फ लैजान राष्ट्रिय सहमति अपरिहार्य भएको उल्लेख गरे।

पर्यटनमन्त्री किरातीले कोशी प्रदेश सरकारबाट सहमतिको सरकारको ढोका खुलेको भन्दै अरु बाँकी छ प्रदेशसँगै केन्द्रमा पनि सर्बदलीय सरकार गठन गरिनुपर्नेमा जोड दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us