२० लाख पैसा बोकेर सडकमा हिंडिरहेका किशोर पक्राउ

काठमाण्डु टुडे २०८० भदौ २३ गते ८:०२ मा प्रकाशित

जनकपुर, २३ भदौ– प्रहरीले श्रोत नखुलेको २० लाखभन्दा बढी रुपैयाँसहित एक किशोरलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत बिहारको दरभंगा थाना सिंहवाडा गाउँ लहेरिया सराय बस्ने २० वर्षीय राजेश साह छन् ।

धनुषा प्रहरीका अनुसार साहले भारतबाट नेपाली रूपैयाँ पैठारी गरी ल्याएको सूचनाका आधारमा उनलाई जनकपुरधाम उपमहानगरपालिका–४ मा सकडमा हिंडिरहेका बेला पक्राउ गरिएको थियो ।

धनुषा प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमका अनुसार साहको झोलाबाट नेपाली रूपैयाँ एक हजार दरका १ हजार ८५० थान र पाँच सय दरका ४ सय थान गरी २० लाख ५० हजार रूपैयाँ बरामद गरिएको छ ।

प्रहरीले बरामद रकमसहित साहलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय जनकपुरको जिम्मा लगाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us