
फुङलिङ, २२ भदौ– कोशी प्रदेशसभा सदस्य खगेन सिंङ हाङगामलाई प्रहरीले दुर्व्यवहार गरेको भन्दै कांग्रेस कार्यकर्ताले ताप्लेजुङको सदरमुकाम फुङलिङमा प्रदर्शन गरेका छन् ।
गएराति सवा ११ बजेको समयमा घरमै आएर प्रहरीले दुव्र्यवहार गरेको आरोप सांसद हाङगामले लगाएका छन् ।
उनले प्रहरी निरीक्षक सुजन मुदेल नेतृत्को प्रहरी टोलीले आफूलाई ज्यान मार्ने धम्कीसहित पेस्तोल ताकेको आरोप उनले लगाए । उनले आफूमाथि प्रहरीबाट लाडी प्रहार गरिएको पनि दाबी गरे ।
प्रदर्शनकारीले घटनामा संलग्न प्रहरीमाथि कारबाहीको माग राखेका छन् ।
दोषीमाथि कारबाही नभएसम्म आदोलन नरोकिने चेतावनी उनीहरुले दिएका छन् ।
ललितपुरका काँग्रेस कार्यकर्ता पेमा लामामाथि प्रहरीले कुटपिट गरेको विषयमा चासो राखेका कारण प्रहरीले घरमै आएर आफूलाई दुव्र्यवहार र हातपात गरेको दाबी हाङगामको छ ।
प्रमुख जिल्ला अधिकारी गोमा चेम्जोङ्गले समस्या समाधानका लागि सम्वद्ध पक्षसँग छलफल थालिएको बताइन् ।