प्रदेश अध्यक्षको फोटो कार्यालयमा राख्न सर्कुलर नगरिएको माओवादीको दाबी

काठमाण्डु टुडे २०८० भदौ २१ गते १६:२९ मा प्रकाशित

काठमाण्डु, २१ भदौ– माओवादी केन्द्रको बागमती प्रदेश कमिटीले पार्टी मातहतका कार्यालयमा प्रदेश अध्यक्षको तस्बिर अनिवार्य राख्न सर्कुलर नगरिएको दाबी गरेको छ ।

प्रदेश कार्यालय सचिव ईश्वर सापकोटाले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै त्यस्तो सर्कुलर नभएको बताएका हुन् ।

‘बागमती प्रदेशबाट यस प्रकारको कार्यविधि कुनै पनि मितिमा जारी नभएको व्यहोरा अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ, पार्टीको आधिकारिक लेटरहेड, छाप र हस्ताक्षर नभएको कुनै पनि त्यस्ता विषय आधिकारिक नहुने भएकाले सोही अनुसार बुझिदिनुहुन समेत सबैमा हार्दिक अनुरोध गर्दछौं ।’

माओवादी केन्द्र बागमती प्रदेश कमिटीले मातहतका कार्यालयमा केही समयअघि सर्कुलर पठाउँदै प्रदेश अध्यक्ष सरल सायात्री पौडेलको तस्बिर कार्यालयमा अनिवार्य राख्न दिर्नेशन खिएको थियो ।

बागमति प्रदेशका माओवादी सचिव इन्द्रबहादुर थिङले भुलबस सर्कुलर गएको बताए । उनले कार्यालयहरुमा अध्यक्षको फोटो नराख्न पार्टी च्यानलमार्फत खबर भइसकेको उल्लेख गरे ।

अध्यक्षको तस्बिर राख्न सर्कुलर भएपछि माओवादीमा त्यसको विरोध भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us