नेपालका सबै दल प्रजातान्त्रिक शक्ति हुन्ः देउवा

काठमाण्डु टुडे २०८० भदौ १ गते १६:२९ मा प्रकाशित

काठमाण्डु, १ भदौ–काँग्रेस सभापति शेरबहादुर देउवाले नाम जे राखे पनि नेपालका सबै राजनीतिक दल प्रजातान्त्रिक भएको बताएका छन् ।

नेपाल निजामति कर्मचारी युनियनको राष्ट्रिय भेला तथा विधान अधिवेशनलाई शुक्रबार राजधानीमा सम्बोधन गर्दै देउवाले पार्टीका नाम जे राखेपनि सबै पार्टी प्रजातान्त्रिक र संविधानअनुसार चलेको बताए ।

‘पार्टीको नाम जे राखेपनि सबैले संविधानलाई पालना गरेका छन् । संविधानअनुसार पार्टी चलेका छन्’, उनले भने । देउवाले कर्मचारीलाई स्थायी सरकारको संज्ञा दिँदै देशलाई समृद्धि र विकासतर्फ अघि बढाउन सबै मिल्नुपर्ने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us