श्रमिकको न्यूनतम पारिश्रमिक बढ्यो

काठमाण्डु टुडे २०८० साउन ३२ गते २०:०३ मा प्रकाशित

काठमाण्डु, ३२ साउन– श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि भएको छ ।

सरकारले हालै बढाएको न्यूनतम पारिश्रमिकअनुसार श्रमिकको माशिक तलब १७ हजार ३ सय पु¥याएको छ ।

श्रम ऐन २०७४ अनुसार १ साउन २०८० बाट लागू हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

यसअघि श्रमिकको न्यूनतम ज्याला १५ हजार थियो । यो चिया बगान बाहेकका श्रमिकहरुको ज्याला हो ।

चिया बगानका श्रमिकको पारिश्रमिक १२ बजार ८१ बाट बढेर १३ हजार ८ सय ९३ पुगेको छ ।

नयाँ दर कार्यान्वयनमा आएसँगै श्रमिकको दैनिक पारिश्रमिक अब ६ सय ६८ रुपैयाँ पुगेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us