
काठमाण्डु, ३२ साउन– प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति बैठक स्थगित भएको छ ।
एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरु अनुपस्थित रहेपछि बैठक नबसी स्थगित भएको हो ।
ती दलका सांसदले सभापति चयन नभएसम्म बैठकमा उपस्थित नहुने बताएका थिए ।
प्रमुख राजनीतिक दलहरुबीच सभापतिमा भागबण्डा मिले पनि सभापति चयन अझै हुन सकेको छैन ।