आज बागमती र गण्डकीमा भारी वर्षा

काठमाण्डु टुडे २०८० साउन ३२ गते ७:३५ मा प्रकाशित

काठमाण्डु, ३२ साउन– कोशी र बाग्मती प्रदेशमा आज भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अर्थात् नेपाल नजिकै रहे पनि जलवाष्पयुक्त वायु कमजोर बनेको कारण न्यूनचापीय रेखाको प्रभाव कम देखिएको महाशाखाले जनाएको छ ।

दिउँसो र राति ती दुई प्रदेशका एक९दुई स्थानमा मात्रै भारी वर्षा हुन सक्ने मौसमविदले जनाएका छन् । अन्य प्रदेशका भने हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

गण्डकी प्रदेशका धेरै स्थानहरू, कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशको एक–दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका केही स्थान र बाँकी भू–भागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

रातिपनि कोशी, मधेश र गण्डकी प्रदेशको केहि स्थानहरुमा तथा बाँकी थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
नदी तटीय क्षेत्र तथा पहिरोको जोखिम, गेग्रान बहने ठाउँ, डुबान हुन सक्ने होचा ठाउँमा सतर्कता अपनाउन महाशाखाले अपिल गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us