सुन तस्करीमा संलग्न चार चिनियाँ पक्राउ

काठमाण्डु टुडे २०८० साउन ३१ गते १६:४५ मा प्रकाशित

काठमाण्डु, ३० साउन– सुन तस्रकरीमा संलग्न रहेको आशंकामा थप चार चिनियाँ नागरिक पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को टोलीले ६० किलो सुन तस्करी प्रकरणमा चार चिनियाँ पक्राउ परेको जनाएको छ । सिआईबीका एक अधिकारीका अनुसार चारै जनालाई अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको छ ।

उक्त प्रकरणमा पक्राउ पर्नेको संख्या २१ पुगेको छ । गत २ साउनमा विमानस्थल भन्सार पास गरेर बाहिरिएको तस्करीको सुन राजश्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको थियो ।

ब्रेक सुभित्र लुकाएर ल्याइएको सुन सोमबार पगालेर तौल गरिएको थियो । त्यस क्रममा सुनको परिमाण ६० किलो ७ सय १६ ग्राम कायम भएको छ । सुन तस्करीको अनुसन्धान सिआईबीले गरिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us