दिल्ली उड्नै लागेको एयर इण्डियाको जहाज धावनमार्गमै रोकियो, ७ वटा जहाज एक घण्ठासम्म आकाशमै होल्ड

काठमाण्डु टुडे २०८० साउन ३० गते १७:४१ मा प्रकाशित

काठमाण्डु, ३० साउन– काठमाण्डुबाट दिल्ली उड्न लागेको एयर इन्डियाको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गमा रोकिएको छ ।

एयर इण्डियाको उडान नम्बर २ सय १६ को जहाज एक्कासि ब्रेक लागेर धावन मार्गमा अड्किएको हो ।

जसका कारण ५७ मिनेटसम्म त्रिभुवन विमानस्थलमा जहाजको उडान अवतरण नै रोकिएको थियो । उक्त समयमा आन्तरिक र अन्तर्राष्ट्रिय गरी ७ वटा जहाज आकाशमै हेल्ड गरिएका थिए ।

ब्रेक बिग्रएपछि जहाज ट्याक्टरले तानेर पार्किङ एरियामा लगिएको छ । मंगलबार ४ बजेर १० मिनेटमा दिल्ली उड्न लागेको जहाजमा १ सय ९७ यात्रु रहेको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए ।

५ बजेपछि उडान सुचारु भएको झाले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us