
काठमाण्डु, २९ साउन– सुरक्षा घेराभित्र कुटपिटबाट मृत्यु भएका दुईजना कैदीको शव आफन्तले बुझेका छन । संखुवासभाको मादी नगरपालिका–५ का विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का आकाश बलामीको शव आफन्तले ६ दिनपछि आज सोमबारमात्र बुझेका हुन् ।
शनिबार किटानी जाहेरीपछि शवको पोस्टमार्टम गरीएको थियो । घटनामा संलग्लाई सार्वजनिक नगरेको भन्दै आफन्तले शव बुझ्न मानेका थिएनन् । जाहेरीका आधारमा आइतबार प्रहरीले कारागारमा रहेका प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी र कारागार प्रमुख राजेन्द्र घिमिरेका नाममा जिल्ला अदालतबाट पक्राउ अनुमति प्रप्त गरेको थियो ।
प्रहरीले प्रहरी नियन्त्रणमा रहेका चौधरीलाई पहिलो पटक पाँच दिनका लागि म्याद थप गरेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक सरोज खनालले जानकारी दिएका छन ।
कारागारका निमित्त प्रमुख घिमिरे र असई चौधरीको नाम सार्वजनिक गरेपछि सोमबार शव बुझेका हुन् । घटनामा संलग्न बसैलाई कारबाही गर्ने आस्वासन सुरक्षा निकायबाट पाएपछि ६ दिनपछि आफन्तले शव बुझेका हुन् ।