
काठमाण्डु, २९ साउन– आज सोमबार बिहानको मापन अनुसार सप्तकोशी नदीमा पानीको बहाव ३४ वर्षयताकै उच्च विन्दुमा पुगेपछि दिउँसो भने घट्न सुरु गरेको छ ।पानीको बहाव उच्च भएपछि सप्तकोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको छ ।
ब्यारेजको ५६ वटै ढोका खुलेको यो बिरलै इतिहास भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी प्रभु ढकालले जानकारी दिएका छन । यद्यपि मध्यान्ह गरिएको मापन अनुसार पानीको बहाव ३ लाख ६५ हजार क्युसेक प्रतिसेकेण्डमा झरेको उनले जानकारी दिएका छन ।
बिहान सप्तकोशीमा ४ लाख ५२ हजार क्युसेक प्रतिसेकेण्ड पानीको बहाव थियो ।