टक्सार महाशाखालाई सीआईबीले सुन जोख्ने पत्र पठायो

काठमाण्डु टुडे २०८० साउन २९ गते १२:२८ मा प्रकाशित

काठमाण्डु, २९ साउन– केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले नेपाल राष्ट्र बैंकको टक्सार महाशाखालाई सुन जोख्ने पत्र पठाएको छ । सीआईबीबाट टक्सार महाशाखालाई पत्र आएको महाशाखाका निर्देशक थानेश्वर आचार्यले जानकारी दिएका छन ।

यससँगै, २७ दिन अघि सिनामङ्गलबाट समातिएको सुनको परिमाण जोख्ने प्रक्रिया अघि बढेको उनले बताएका छन । आचार्यले सीआईबीबाट पत्र आएपछि प्रक्रिया अघि बढ्ने क्रममा रहे पनि राजश्व अनुसन्धान विभागको पत्रको पखाईमा रहेको बताएका छन ।

उनले सीआईबीबाट पत्र आएपनि राजश्वबाट समेत आउनुपर्ने बताएका छन । त्यसपछि १०० किलो परिमाणमा रहेको भनिएको सुनको आधिकारिक परिमाण पत्ता लाग्नेछ ।तर, यसका लागि एक हप्तासम्मको समय लाग्न सक्ने महाशाखाले जानकारी दिएको छ ।

आजदेखि सुन जोख्ने र गाल्ने प्रक्रिया अघि बढेमा आगामी २ दिनसम्म सुन गाल्नै लाग्ने र त्यसपछिको समय सुन जोख्न लाग्ने महाशाखाले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us