
काठमाण्डू, २९ साउन–सिके राउत नेतृत्वकोजनमत पार्टी सरकारमा सहभागी भएको छ । सो पार्टीकी सांसद एवं सचिवअनितादेवी साहले सोमबार मन्त्री पदको सपथ लिएकी छन् । साहलाई राष्ट्रपतिरामचन्द्र पौडेलले शितल निवासमा शपथ ग्रहण गराए । हुन् । प्रधानमन्त्रीपुष्पकमल दाहाल प्रचण्डले साहलाई संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रालयको जिम्मेवारी दिएका छन् । शपथग्रहण समारोहमा उपराष्ट्रपतिरामसहाय यादव, प्रचण्ड, सभामुख, राष्ट्रियसभा अध्यक्षलगायत सहभागी थिए ।माओवादी केन्द्रले आइतबार मात्र सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाईपदबाट हटाउने निर्णय गरेको थियो ।