
काठमाण्डु, २० साउन– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ ।
नेपालस्थित भारतीय दूतावासले शनिबार विज्ञप्ति जारी गर्दै प्रचण्ड–मोदी फोन संवादबारे जानकारी दिएको हो । दूतावासद्वारा जारी विज्ञप्तिमा दुई समकक्षीले कुराकानीका क्रममा द्विपक्षीय सहयोगका विविध पक्षबारे समीक्षा भएको उल्लेख छ ।
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण र त्यस क्रममा भएका समझदारीबारे समेत कुरा भएको बताइएको छ । प्रचण्डले गत ३१ मे देखि ३ जुनसम्म भारतको राजकीय भ्रमण गरेका थिए ।