
कठमाण्डु ,१६ साउन- काठमाण्डुको बूढानीलकण्ठमा धारिलो हतियार प्रहार गरी सोमबार राति एक महिलाको हत्या भएको छ ।
बूढानीलकण्ठ नगरपालिका-४ वनस्थली बस्ने ३८ वर्षीया अनिता चौधरीको चक्कु प्रहार गरेर हत्या भएको प्रहरीले जानकारी दिएको छ। च्ैधरीको उपचारको क्रममा शिक्षण अस्पतालमा उनको मृत्यु भएको हो ।
हत्यामा संलग्न आरोपमा ५२ वर्षीय गौरासिंह बोहरालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डुले जानकारी दिएको छ। आपसी विवादमा बोहराले धारिलो हतियार प्रहार गरेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।