टिकटक र गर्लप्रेण्डका कारण निरौलाको जागिर धरापमा

काठमाण्डु टुडे २०८० साउन १५ गते २२:१४ मा प्रकाशित

काठमाण्डु, १५ साउन– मापसे गरेर युवतीसँग मस्ती गरेको टिकटक लाइभ गर्ने एक कर्मचारीलाई स्पष्टीकरण सोधिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरूप्रसाद निरौलालाई स्पष्टीकरणका लागि मन्त्रालय बोलाएको हो । केही कुरा बुझ्नुपर्ने भएकाले २४ घण्टाभित्र मन्त्रालयमा उपस्थित हुन आग्रह गरिएको पत्र सोमबार निरौलालाई पठाइएको छ ।

निरौला युवतीसँग मादक पदार्थ सेवन गरेर टिकटिक लाइभमा बसेपछि विवादमा परेका हुन् ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us