
काठमाण्डु, १० साउन– कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय समिति बैठकमा सोचेभन्दा कम आलोचना भएको बताएका छन् ।
बैठक समापनअघि बोल्दै देउवाले कम आलोचना गरेको भन्दै केन्द्रीय सदस्यहरुलाई धन्यवाद दिए । ‘धेरै आलोचना हुन्छ होला भन्ने ठानेको थिए, कम भयो’, देउवाले भने, ‘धन्यवाद दिन चाहन्छु ।’
सभापति देउवाले केन्द्रीय समिति बैठक फेसबुक लाइभ गरेका कारण पार्टीकोगतिविधि दुनियाँले हेर्न पाएको उनको भनाइ थियो ।
देउवाले बैठक लाइभ गरेका कारण दुनियाँले काँग्रेसमा एक सय एक योग्य र क्षमतावान नेताहरु भएको देख्न पाएको भन्दै खुसी व्यक्त गरे ।
देउवाले १४औं महाधिवेशन सकिएको ६ महिनामा गर्ने भनिएको नीति अधिवेशन गर्न नसकिएको स्वीकार गरे ।